मलेसियाबाट नेपाल फर्किन चाहनेहरुलाई अत्यन्त जरुरी सूचना

Posted on: 05 Jun, 2020

जेठ २३, काठमाडौँ । मलेसियाबाट नेपाल फर्कन चाहनेहरुले आफ्नो विवरण अध्यावधिक गर्नको लागि मलेसियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ । दुतावासले एक सूचना जारि गर्दै यसअघी विवरण भरेकाहरुले पनि पुन फर्म भरि विवरण टिपाउन अनुरोध गरेको छ ।

दुतावासद्वारा जारी सुचनामा भनिएको छ ''यस दूतावासले यस अघि जारी गरेको अनलाईन फारममा धेरै जनाले आफ्नो विवरण भर्नु भएकोमा हामी आभारी छौ। सो विवरणको आधारमा विभिन्न मुलुकबाट नेपाल फर्कन चाहेका आफ्ना नागरिकहरुलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले पछिल्लो पटक गरेको निर्णय अनुसार थप विवरण आवश्यक परेको तथा नेपालमा कोभिड-१९ को वढ्दो प्रभाव समेतलाई मध्य नजर गरी नयाँ विवरण लिनु परेकोले पुनः निम्न अनुसारको विवरण उपलब्ध गराउनु हुन पुनः अनुरोध गर्दछौ। पुनः फारम भर्नु परी तपाईहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं।'' फर्म भर्नाको लागि मलेसियाबाट नेपाल फर्कने दर्ता फारमको यो लिंकमा क्लिक गर्नुहोला ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!