यूएईबाट नेपाली लिएर उडेको जहाज काठमाण्डौ आइपुग्यो (१८ तस्वीर)

Posted on: 05 Jun, 2020

जेठ २३, काठमाडौँ | यूएईबाट एअर अरेबियाको उडान नम्बर जी नाइन १७५१  जहाज काठमाण्डौ आएको छ । उक्त जहाजले एकसय ६८ जना यात्रु बोकेर शुक्रबार काठमाडौँमा अवतरण गरेको हो । 

आज युएमा समस्यामा परेका र नेपाल आउने तय भएका नेपालीहरु भने प्राविधिक कारण भन्दै युएइमै रोकिएका छन् । उनीहरुलाई

नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल ल्याउने सुचीमा थिए । दूतावासले उनीहरुको सूची समेत तयार पारेको थियो । तर, प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको छ । 

सरकारले विदेशबाट आउने नेपालीले अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने नियम भएपनि शुक्रबार काठमाडौँ अवतरण गरेका नेपालीहरुले कोरोना परीक्षण गरेका छैनन् । उनीहरुलाई काठमाडौँमै विमानस्थलमा रहेको होल्डिङ सेन्टरमा स्वास्थ्य जाँच गरि क्वारेन्टाइन पठाइने भएको छ । 

तश्वीरहरु हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!