कतारबाट स्वदेश फर्कने नेपालीहरुको लागि असार १३ मा दोश्रो उडान हुने, नामावली सहित हेर्नुहोस्

Posted on: 23 Jun, 2020

असार ९, काठमाडौं । कतारस्थित नेपाली दुतावासले २७ जुन २०२० मा नेपालका लागि दोश्रो उडान हुने बताएको छ । राजदूतावासले असार ४ गते निकालेको सूचनामा नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने जनाएको थियो ।

उक्त उडान २७ जुन २०२० अर्थात् असार १३ गतेलाई गर्दै उक्त उडानबाट नेपाल फर्कने यात्रीहरुको अद्यावधिक सूची दुतावासले सार्वजनिक गरेको छ ।

उक्त उडान अनुमतति र यो सूचीमा पर्नुभएका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट Clearanceप्राप्त गर्नका लागि आवश्यक पत्राचार भैसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सकिने दुतावासले जनाएको छ ।

हवाई टिकटका लागि नेपाल एयरलाइन्सको तोकिएको निम्न ट्राभल एजेन्टमा सम्पर्क गर्नुहुन दुतावासले अनुरोध गरेको छ ।

Fahd Travels, Jaida Towers (Sales & Reservation)

Abdul Hafeez , Mob +974 70665648, Kashi Dhamala, Mob +97466675150

Tel +974 44318080 Fax +974 44214744 Email: [email protected], [email protected]

साथै, हवाई भाडा, स्वास्थ्य परीक्षण लगायतका विषयमा पूर्व सूचनामा उल्लेख भएबमोजिम नै हुनेछ ।

यस अघि २० जुनको नेपाल एयरलाइन्सको उडानको लागि नाम प्रकाशित भै तोकिएको उडानमा विविध कारणले जान नसक्नु भएका यात्रुहरुले अब हुने उडानमा नेपाल जानका लागि उल्लेखित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न सकिने दुतावासले जनाएको छ । साथै, यस उडानमा  सिट क्षमता नपुग भई प्रतिक्षा सूचीमा पर्नुहुने यात्रुहरुले एयरलाइन्सको पछिल्ला उडानमा यात्रा गर्न सक्नेछन् । त्यसैगरी पर्याप्त यात्रु नपुगेमा एयरलाइन्सले त्यसपछिका उडानका यात्रुलाई समावेश गर्न

सक्नेछ ।

नामावली हेर्नुहोस् 




यस बिषयमा तपाइको प्रतिक्रिया...!