धन कमाएर सुन्दर घर बनाउने रामबाबुको सपनामा कालो बादल मडारिएपछि...

Posted on: 29 Jun, 2020

योगेन्द्र योगी | असार १५, दोहा | प्रायजस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन् धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने अनि परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठुलो सपना बोकेर गाउँमा बुढा बाबा-आमा र स-साना भाई-बहिनीहरुलाई छोडेर कतार आएका थिए सिराहाका रामबाबु महतो । 

आज भन्दा एकवर्ष पहिले कतारमा रहेका आफ्नै साथी भिसा पठायो, भिसा पठाए पनि नेपालमा एजेन्टलाई करिव एक लाख चालिस हजार बुझाएर रामबाबु कतार आइपुगे । 

उनलाई साथीले भनेका थिए 'काम सजिलै छ, तिमीले यहाँ ड्राइबर गर्नुपर्छ ।' तर कतार आएपनि उनले भने अनुसारको काम नभई सडकमा बेल्चा चलाउने काम पाए । उनले सोचे 'अब के गर्नु अर्काको देशमा आएपछि जस्तो भए पनि गर्नैपर्यो ।' 

ठिकै छ, अब जसो-तसो यहि बेल्चा चलाउने काम भएपनि गर्छु, एक वर्ष पुरा गरेर घर फर्किन्छु, नभैदै एक बर्ष पनि पुरा भयो । उनले काम गर्दै आएको कम्पनीमा रिजाइन दिएर थोरै जम्मा गरेको पैसाले टिकेट काटेर घर फर्किने तयारी गर्दैगर्दा त्यतिकैमा कोरोनाका कारण लकडाउन भएर हवाई उडान बन्द भयो । 

उडान बन्द भएपछि उनी स्वदेश फर्किन नपाउँदा निकै तनाव थिए । 'त्यहिँ बेला कतारस्थित नेपाली दूतावासले कोरोनाको रोजगारी गुमाएका, कतारी आइडी सकिएर बसेकाहरु लगायतकालाई स्वदेश फर्किने भए अनलाइन फारम उपलब्ध गराएको थियो, मैले पनि त्यो फारम भरें' उनले भने ।

दूतावासले प्रकाशन गरेको पहिलो चरणको स्वदेश फर्कनैपर्ने भनेर निकालेको लिस्टमा उनको पनि नाम आयो तर अहिलेसम्म उनी स्वदेश फर्किन पाएका छैनन् । 

उनी भन्छन् 'दूतावासमा फोन गर्दा पहिला गर्भवती महिला, जेष्ठ नागरिक पठाईसकेपछि मात्र अरुको पालो आउँछ, आफ्नो पालो आएपनि के गर्नु ? पहिला थोरै पैसा जम्मा गरेको थिएँ, अब कोसंग पैसा मागेर टिकेट कट्नु ? आफू संग पैसा छैन्' उनले भने । 

'अब यहाँ बसेर के गर्नु गर्नु ? जसो-तसो साथीभाईसंग पैसा खोजेर पनि जानै पर्यो, यहाँ कति दिन अरुको बसेर खाना खानु' उनले भने । उनले दु:खित हुँदै भने - 'विदेश गएर धन कमाएर सुन्दर घर बनाउला बाबा-आमा र भाई बहिनीलाई राम्रोसंग शिक्षा लिने सपना खुला आकाशमा कालो बादल मडारिएझैँ भयो सपनाहरु एक्कासी कालो बादल मडारिन पुग्यो ।'

पैसा हुनेले त टिकटको पैसा तिरेर स्वदेश फर्केलान्, तर टिकट काट्ने पैसा नभएकाले के गर्ने रामबाबुको जस्तै छ खाडीका अधिकांश नेपाली श्रमिकहरुको पीडा । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!