एनआरएनए मलेसियाले समस्यामा परेका नेपालीलाई हवाई टिकट सहितको सहयोग गर्ने

Posted on: 01 Jul, 2020

असार १७, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्न सहयोग गर्ने जनाएको छ । 

यस अघि मलेसियामा खाद्यान्न समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग गर्दै आएको (एनआरएनए) मलेसियाले अब आर्थिक स्थिति कमजोर भएका नेपालीहरुलाई हवाई टिकटका साथै अन्य आवश्यक सहयोग गर्ने एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिएका छन् ।  

(एनआरएनए) मलेसियाका अनुसार स्वदेश फर्कने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका र आर्थिक अवस्थामा कमजोर भएका तथा विभिन्न कारणले बिरामी, अशक्त तथा अपाङ्ग भएका नेपालीलाई आफुहरुले सहयोग गर्नेछ ।

एनआरएनए मलेसियाले छिट्टै राजदूतावाससँगको समन्वयमा हस्पिटलमा बिरामी परी खर्च अभाव झेलिरहेकाहरुको उद्धार तथा विविध कारणले मृत्यु भएका नेपालीको शव दाहसंस्कारको लागि फिर्ता गराउन समेत एनआरएनए मलेसियाले सहयोग गर्ने जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!