साउदीबाट स्वदेश फर्कनेहरुको नामावली तथा सूचना, कोरोना परीक्षण शुल्क कति ?

Posted on: 01 Jul, 2020

असार १७, काठमाडौँ | साउदी स्थित नेपाली दुतावासले नेपाल एयरलाईन्समार्फत साउदीको दमामबाट हुने दोस्रो चार्टर्ड उडान सम्बन्धि जानकारी गराएको छ । दुतावासले उक्त उडानबाट स्वदेश फिर्ता हुन प्राथमिकतामा परेकाहरुको नामावली समेत सार्वजनिक गरेको छ । 

दमामबाट हुने उडानको लागि हवाई भाडा दर: अमेरिकी डलर 4३० (साउदी रियाल करिब १६१०) रहेको दुतावासले जानकारी गराएको छ । साथै स्वदेश फिर्ता हुन चाहने सम्पूर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने जानकारी गराएको छ ।

दुतावासले जारी गरेको सूचना हेर्नुहोस् 

मिति 5 जुलाई २०२० मा नेपाल एयरलाईन्सले दमामबाट गर्ने दोस्रो चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

नेपाल एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति ५ जुलाई २०२० मा पहिलो चार्टर्ड उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको दमामस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पूर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

१. हवाई भाडा दर: अमेरिकी डलर 4३० (साउदी रियाल करिब १६१०)

२. राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ ।

३. हवाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt.Ltd. का श्री रमेश श्रेष्ठ, फोन नं +00966 583951234, ओम बहादुर कुमाल फोन+0966 595861166, +00966 596820414, +00966 580596140 , +00966 553101644 (Whats App) 
ईमेल ठेगाना : [email protected] मा सम्पर्क गर्न अनुरोध छ ।
(टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला )

४. COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन अनुरोध छ ।सो परीक्षणका लागि निम्न बमोजिम सम्पर्क गर्न सक्नुहुनेछ ।

Dammam

Health Care Polyclinic (CR No. 2050110244)

Rihan Hajiameen, Operation Manager

Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center, Dammam 32242 KSA

परीक्षण शुल्क: SAR 160.00

Jubail

Gulf Asian Medical Center

(Department of Laboratory Medicine)

Email: [email protected]

Website: www.gulfasianhealthcare.com

Address: King Abdulaziz Road, P.O.box1714,

Jubail City 31951, KSA

परीक्षण शुल्क: SAR 132.00

(कोभिड-१९ परिक्षण नेगेटिभ भएको कागजात अनिवार्य रुपमा टिकटसँगै राख्नुहोला )

५. यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।

६. स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।

नेपाली राजदूतावास, रियाद।

१७ असार २०७७


यस बिषयमा तपाइको प्रतिक्रिया...!