अगष्ट १ देखि कुवेत आउन पाइने

Posted on: 03 Jul, 2020

योगेन्द्र योगी | असार १९, दोहा | कुवेत सरकारले आगमी अगष्ट १ बाट ब्यबसायिक उडान् खुल्ला गर्ने तयारी थालेको छ । अरव टाइम्सका अनुसार कुवेतले दैनिक १२० देखी १३० वटासम्म उडान हुने जनाएको छ । 

छुट्टीमा रहेका नेपाली लगायत अन्य आप्रबासी कामदारले कुवेत प्रवेश गर्दा अनिवार्य रुपमा पिसीआर बिधिबाट कोरोना परिक्षण गर्नु पर्ने र परिक्षणको खर्च आफैले ब्यहोर्नु पर्ने जनाएको ।

अगष्टको एकबाट ब्यबसायिक उडानहरू सुचारू गराउने र शुरूवाती चरणमै दैनिक  १२० देखी १३० वटासम्म उडान गराउने तयारी कुवेत सरकारले थालेको अरव टाइम्सले जनाएको छ । 

कुवेत सरकारले ३ चरणमा उडान ब्यबसायिक खुलाउने जनाएको छ । पहिलो चरणमा अर्थात आगमी अगष्ट १ बाट  दैनिक ८ देखी १० हजार यात्रु उडाउने लक्ष्यसहित दैनिक १२० देखी १३० वटासम्म उडान गर्ने भएको छ । 

दोस्रो चरणको शुरूवात करीव ६ महिनापछि अर्थात आउदो फेब्रुअरी १ बाट हुनेछ भने उक्त अवधिमा दैनिक २० हजार यात्रुले उडान भर्न सक्ने गरी २०० वटा सम्म उडानहरू भर्न दिइने अरव टाइम्सले जनाएको छ । 

तेस्रो चरणको उडान झण्डै १ बर्ष पछि शुरू हुनेछ भने त्यस समयमा ३० हजार यात्रुले आवतजावत गर्ने पाउने छन् । कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६,१९५ जना पुगेको छ । 

हालसम्म ३७ हजार ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने हालसम्म कोरोनाका कारण ३५४ जना मृत्यु भैसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!