इजरायल र साइप्रसबाट समस्या फारम भर्ने ६०० जना, फिर्ता हुने १२७ मात्र

Posted on: 04 Jul, 2020

असार २०, काठमाडौँ | इजरायल र साइप्रसमा समस्यामा परेका १२७ नेपाली स्वदेश फिर्ता भएका छन् । कोरोना संक्रमणबाट सिर्जित असहज परिस्थितिका कारण त्यहाँ समस्यामा परेका १४७ नेपाली लिएर स्राइप्रसबाट कतार एयरवेजले उडान भरेको हो ।

उक्त उडानमा इजरायलका ३९ जना र साइप्रसबाट ८८ नेपाली स्वदेश फर्किएका इजरायल स्थित नेपाली दूतावासले जनाएको छ । 


यसअघि ३० जुनमा हुने भनिएको नेपाल एयरलाइन्सको उडान रद्द भएपछि दूतावासको पहलमा साइप्रस र इजरायलबाट समस्यामा परेका नेपालीहरुलाई कतार एरयवेजको उडानमार्फत स्वदेश पठाइएको हो । 

इजरायल र साइप्रसबाट करिब ६ सय नेपालीले स्वदेश फर्कने इच्छा देखाएर दूतावासमा फारम भरेपनि अन्तिम समयमा धेरै नेपालीहरु स्वदेश फर्कन चाहेनन् । स्वदेश फिर्ता हुन कमैले टिकट काटेपछि दुतावासले पटक-पटक जानकारी गराएको थियो । 


इजरायलबाट शुक्रबार विहान १०:१५ बजे Israir एयरलाइन्सको उडानबाट इजरायलमा समस्यामा अपरेका नेपालीहरु साइप्रसको लागि र साइप्रसबाट इर्ज्रायलबाट आएका ३९ सहित १२७ जना दिउसो २:०० बजे साइप्रसको लर्नाका अन्तराष्ट्रिय विमानस्थल हुँदै कतार हुँदै नेपालको लागि उडेको छ । 

तलका तश्वीरहरु: इजराइलबाट फर्कने नेपालीहरुको विदाइको लागि राजदूत अन्जान शाक्य विमानस्थलमा । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!