कुवेतमा आममाफी पाएका २ हजार ९८१ जना नेपाली स्वदेश फर्किए, अब १० जना बाँकी

Posted on: 06 Jul, 2020

योगेन्द्र योगी | असार २२, दोहा | कुवेत सरकारबाट आममाफी पाएर आश्रय क्याम्पमा बसिका २ हजार ९ सय ८१ जना नेपाली स्वदेश फर्किसकेका छन् । 

आममाफी २ हजार ९ सय ९१ जना नेपाली सहभागी थिए भने जस मध्ये १० जना महिला बाहेक २ हजार ९ सय ८१ जना नेपाली नागरिक नेपाल फर्किसकेको एनआरएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन्  नेपाल पुगेको जानकारी दिएका छन्  । 


आममाफीमा सहभागी बाँकी १० जना महिलाले विभिन्न बैंक तथा कम्पनीबाट ऋण लिएका र नतिरेको कारण मुद्दाहरु चलाईएकाहरु रहेको गैर आवासीय नेपाली संघ कुवेतका आइसिसी सदस्य अमित चाम्लिङले बताए । 

अब लिएका ऋण तिरेपछी वा सम्बन्धित निकायबाट मिनाह भएपछि मात्र  बाँकी १० जनाको स्वदेश फर्किने बाटो खुल्ला हुने उपसंयोजक अर्यालले बताए । 

गत महिना जुन ११ देखि आममाफीमा सहभागी भएर सेल्टरमा रहेका नेपालीहरुको अल जजिरा एयरमार्फद उद्दार उडान सुरु भएको थियो कुवेत सरकारले गत अप्रिलको २५ देखि ३० तारिखसम्म संचालन गरेको आममाफिमा महिला र पुरूस गरि २ हजार ९ सय ९१ जना सहभागी भएका थिए ।  


आममाफिमा सहभागी सबै नेपालीहरुलाई  कुवेत सरकारले निशुल्क उद्दरा गरेको हो । कुवेतमा करिव ७ हजार नेपाली कामदार अबैधानिक रुपमा बसेको तथ्यांक बाहिर आए पनि यस पटक २ हजार ९ सय ९१ जना मात्र आममाफीमा सहभागी भएका थिए । 

यस्तै कोरोना लगायत विभिन्न कारणले स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार चाटर उडानमार्फद स्वदेश फर्काउने कार्य भैरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!