जापानले अगस्ट ५ देखि नेपालीलाई प्रवेश खुला गरेपछि 'रि इन्ट्री' लिनेको भीड

Posted on: 03 Aug, 2020

साउन १९, काठमाडौँ | काठमाडौँस्थित जापानी दूतावास अगाडि जापान जान 'रि इन्ट्री' लेटर लिनेको भिड लागेको छ । 

बिदामा नेपाल आएका तर कोरोना महामारीका कारण नेपालमै रोकिएका नागरिकहरु फेरि जापान जानको लागि लेटर लिनेहरुको लाइन लागेको हो ।

अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै बिदामा नेपाल आएकाहरु यतै रोकिएका छन् । जापान सरकारले अगस्ट ५ बाट जापानमा नेपालीहरुको प्रवेश खुला गरेपछि ‘रि इन्ट्री’ लेटर लिन दूतावास आउनुपरेको सेवाग्राहीहरुले बताएका छन् । 

जापानले नयाँ भिसा भने अहिले खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका, रोजगारी गरिरहेका र बिदामा नेपाल आएका नागरिकहरु मात्रै जान पाउने छन् ।

दूतावासले रि इन्ट्री लेटर दिएपछि जापान उड्नुभन्दा ७२ घण्टा अगाडि कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!