कतारको नासर अल अली कम्पनीद्वारा ४ नेपाली कामदारलाई २० लाख इनाम

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौँ ।  कतारको बहुप्रतिष्ठित एवं आइओएस प्रमाणित कम्पनी नासर अल अली एन्टरप्राइजेजले आफ्ना चार नेपाली कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत नेपालीहरुमा अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहर रहेका छन् । कम्पनीले उनीहरुलाई १० वर्ष लामो सेवा गरेकोमा जनही १५ हजार कतारी रियाल (करिब पाँच लाख रुपैयाँ) प्रदान गरी सम्मानित गरेरो हो । नासर अली अल अली, कम्पनीका मालिक  नासर अली अल अलीले एक कार्यक्रमकाबीच ती कर्मचारीहरुलाई नगद इनाम हस्तान्तरण गरे । 

नेपाली कर्मचारीहरुलाई पुरस्कार बितरण गर्दै कम्पनीका मालिक अलीले १० बर्षको सेवामा वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्याउने कामदारलाइ पुरस्कृत गर्न पाउँदा आफुलाई गर्व लागेको बताए ।

पुरस्कृत अबिर बहादुर राई, पञ्च राई, छिरिंग राई र दशरथ मुसहर नेपालको गरिब परिवारसँग सम्बन्धित छन । उनीहरु सन् २००९  मा नासर अल अली एन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत रहेका छन् । अबिर बहादुर राई नासर अल अलीको कम्पनीमा काम गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गरेको अबिर बहादुर राईले बकाए । ‘म भाग्यशाली छु, सीप र आम्दानी जत्तिकै महत्त्वपूर्ण मेरो लागि यो कम्पनी पनि छ,’ अबीरले भने । यस्तै छिरिंग राईपनि नासर अल अलीको सराहना गर्छन र राम्रो रोजगारदाताको रूपमा स्वागत गर्दछन् । 

पञ्च राईले आफुले पुरस्कारस्वरुप पाएको पैसा आफ्नो बच्चाहरूको शिक्षाको लागि प्रयोग गर्ने बताए । अर्को कर्मचारी दशरथ मुसहरले आफ्नो रोजगारदाता नासर अल अलीलाई आफ्नो सफलताको स्रोतका रूपमा राखेका छन्। सुरुमा उनले कतारमा दुई वर्ष काम गर्ने योजना गरेका थिए । उनी भन्छन्, ‘यो कम्पनीले प्रदान गरेको सेवा र सुविधा देखेर उनलाई कम्पनीमा बसिरहुँ जस्तो लाग्छ र १० वर्ष पार गर्दा पनि हिजो आएको जस्तै लाग्छ । एउटा परिवारका सदस्य जस्तै भएर काम गर्न पाउनु र  भैपरी आउने समस्याहरुलाई कम्पनीले सहयोग गर्नु नै हाम्रो कम्पनीको सफलताको  हाम्रो सफलताको श्रेणी हो । म यहाँ काम गर्न पाउँदा खुसी छु ।’ उनले यो कम्पनीमा काम गरेर आय र दक्षता चीज प्राप्त गरेको बताए ।

त्यसैगरी नासर अल अली एन्टरप्राइजेज कम्पनीले एकै दिनमा नेपाल, भारतीय र बंगलादेशलगायत विभिन्न राष्ट्रियताका आफ्ना १० कर्मचारीहरूलाई जुलाई महिनामा आफ्नो कार्यस्थलमा उत्कृष्ट प्रदर्शनका लागि प्रत्येकलाई एक हजार कतारी रियालसहित पुरस्कृत गरेको समाचार कतारबाट शिवराज गौतमले शुक्रबारको मध्यान्ह दैनिकमा लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!