युएईमा हतियार प्रहार गरिएको अवस्थामा २ नेपालीको शव भेटियो, प्रहरीद्धारा अनुसन्धान सुरु

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौँ । युएईको सारजहामा दुई नेपालीको शव भेटिएपछि स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । गत अगष्ट ८ तारिखका दिन दुईवटा शव अनुहार, घाँटी, छाती र पेटमा गहिरो चोट सहित फेला परेको गल्फ न्यूजले लेखेको छ ।

उनीहरुको पुरा परिचय सार्वजनिक गरिएको छैन तर उनीहरु २६ र ३७ बर्षिय नेपाली रहेको जनाइएको छ । उनीहरुमाथि कसले आक्रमण गरेको हो भन्ने खुलेको छैन । झगडा तथा हत्याको कारण पनि नखुलेको समाचारमा जनाइएको छ ।

शवलाई फरेन्सीक ल्यावमा अनुसन्धानका लागि पठाइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार अगष्ट ८ को बेलुकी ७ बजेतिर सहयोगका लागि प्रहरीलाई फोन आएको थियो । घटनास्थलमा प्रहरी पुग्दा ठूलो भीड जम्मा भइसकेको र दुई व्यक्ति रगतमा डुवेको अवस्थामा फेला परेका थिए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!