मलेसियामा एक नेपालीलाई मृत्युदण्डको फैसला

Posted on: 07 Sep, 2020

भदौ २२, काठमाडौं । भदौ २२, काठमाडौं । मलेसियामा एक नेपाली नागरिकलाई हत्या अभियोगमा एक अदालतले मृत्युदण्डको फैसला गरेको छ । चार बर्ष अगाडी लरी चलाउने एक नेपालीको हत्या गरेको ठहर गर्दै उनलाई उच्च अदालतले मृत्युदण्डको फैसला गरेको मलेसियाका स्थानीय सञ्चार माध्यमले लेखेको खबर उधृत गर्दै देशपरदेश अनलाइनले समाचार लेखेको छ ।


३६ बर्षिय सुरज देव साह तेलीलाई सो घटनामा दोषि ठहर्याउँदै उच्च अदालतका न्यायाधिक मोहम्मद राजिद हारुनले मृत्युदण्डको फैसला गरेको समाचारमा जनाइएको छ । तेली मलेसियामा कृषि श्रमिकका रुपमा कार्यरत रहेको अवस्थामा घटना भएको बताइएको छ ।

तेलीले अर्का एक ३४ बर्षिय व्यक्तिलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा हत्या गरेको प्रहरीको अभियोग थियो जसलाई अदालतले पनि सदर गरेको हो । नेपाली दूतावासका तर्फबाट अधिवक्ता खारेन जीतकौरले तेलीका तर्फबाट मुद्धा लडेकी थिइन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!