"न दुतावासले सुन्छ, न सरकारकै नजरमा परियो !" (भिडियो सहित)

Posted on: 08 Sep, 2020

भदौ २३, काठमाडौँ | लेवनानको बेरुतमा समस्यामा परेका नेपालीहरुले स्वदेश फर्कन नपाएको भन्दै गुनाशो गरेका छन् । उनीहरुको समस्यालाई लिएर स्थानीय संचारमाध्यमले समेत रिपोर्ट प्रस्तुत गरेको थियो । 

कोरोना महामारीको कारण लामो समयदेखि स्वदेश फिर्ता हुने टिकट लिएर पनि उनीहरु स्वदेश फर्कन पाएका छैनन् । लेवनानको बेरुतबाट सुदिप श्रेष्ठले बताए अनुसार त्यहाँ समस्यामा परेका नेपालीहरुलाई ल्याउन सरकारले चार्टर्ड उडान पनि नदिएको र नियमित उडानमा समेत आउन सकेका छैनन् । श्रेष्ठले आफू सहित ५० जना नेपालीले टिकट काटेर बिभिन्न समयमा उडान हुने आशा देखाइएको भएपनि नेपाल सरकारले अनुमति नदिएका कारण देखाई कतार एयरवेजले उडान गर्न नसक्ने जानकारी दिएको बताए । 


लामो समयदेखि स्वदेश उडानको पर्खाईमा बसेका नेपालीहरु मध्ये केहि महिला पनि छन् । स्वदेश फर्कन चाहनेहरुमध्ये अधिकांशले रोजगारी गुमाएका छन् भने केहि बिरामी पनि छन् । उनीहरुले लेबनानमा छुट्टै दुतावास नभएको र लेवनान हेर्ने इजिप्टमा रहेको नेपाली दुतावासलाई पटक-पटक आफ्नो समस्या राख्दा सुनुवाई नभएको गुनाशो गरेका छन् । 

भिडियो हेर्नुहोस्



यस बिषयमा तपाइको प्रतिक्रिया...!