कतारबाट ३५औं उडान, आज १४५ जना नेपालीहरू स्वदेश फर्किए

Posted on: 09 Sep, 2020

भदौ २४, काठमाडौँ | आज कतारबाट ३५औं उडानमार्फत १४५ जना नेपालीहरू स्वदेश फर्किएका छन् । उनीहरु हिमालय एयरलाइन्सको H95632 उडानबाट स्वदेश फर्किएका हुन् । 

दुतावासले दिएको जानकारी अनुसार कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुलाई राजदूतावासले स्वदेश फिर्ता गराएको हो । दुतावासले नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट विवरण उपलब्ध गराएका नेपालीहरुलाई सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप स्वदेश फर्काइएको जनाएको छ । 

नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने क्रममा सहजिकरण तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासको तर्फबाट डिउटीमा अधिकारीको उपस्थिति रहेको दुतावासले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!