कुवेतमा आठ जना नेपाली पक्राउ

Posted on: 10 Sep, 2020

भदौ २५ कुवेत । कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपालीहरु पक्राउ परेका छन् । कुवेत सरकारले अवैध मदिरा फ्याक्ट्री बन्द गराउने अभियानअन्तर्गत तीन अपार्टमेन्टमा छापा मारेको थियो । यी अपार्टमेन्टहरुलाई रक्सी बनाउने कारखानामा परिणत गरिएको थियो ।

सुरक्षा अधिकारीहरुले छापा मार्ने क्रममा ठूलो संख्यामा रक्सीका बोतलहरु, रक्सी उत्पादनका उपकरणहरु पनि बरामद गरेका थिए । प्रहरीले तीन अपार्टमेन्टहरुमा अवैध गतिविधिहरु हुने गरेको सूचनाको आधारमा छापा मारेको थियो ।

अहिले पक्राउ परेका आठ नेपालीलाई सोधपुछका लागि पठाइएको अरब टाइम्सको समाचारमा उल्लेख छ । त्यसपछि उनीहरुलाई डिपोर्ट गरेर आफ्नो घर पठाउने प्रक्रिया शुरु गरिनेछ । कुवेतको स्थानीय नगरपालिकाको सहयोगमा बरामद गरिएका सामानहरु नष्ट गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!