अब विदेशबाट स्वदेश आउन सहज, नियमित उडानको कोटा हट्यो

Posted on: 10 Sep, 2020

भदौ २५, काठमाडौं । यस अघि सरकारले दैनिक ८ सय जनालाई मात्र विदेशबाट ल्याउन पाउने गरी तय गरेको कोटा हटेको छ । निश्चित गरिएको कोटा हटाएसंगै नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ ।

नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसको जानकारी दिएका छन् ।

योसँगै सरकारले खोलेको अन्तर्राष्ट्रिय व्यवसायिक (नियमित)उडानतर्फ एयरलाइन्सले अनुमति मागेमा थप उडानको अनुमति पाउने छन् ।

उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको हो । 

अब पीसीआर नेगेटिभ भएका मात्र यात्रु ल्याउने गरी नियमित उडान खुला भएको मुलुकमा अब एयरलाइन्सले थप अनुमति मागेमा मन्त्रालयले उडानको अनुमति दिनेछ । हालको पीसीआर र क्वारिन्टिनसम्बन्धी नियमलाई यथावत राखेर कोटा हटाइएको हो ।

अर्कोतर्फ कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिने निर्णय समेत गरेको छ । 

विदेश जान चाहने सबैले यसरी पाउछन् श्रम स्वीकृति - यहाँ क्लिक गरि भिडियो हेर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!