दोहाबाट ३७ औं उडानबाट आज १५३ जना नेपालीहरू स्वदेश फर्किए

Posted on: 12 Sep, 2020

भदौ २७, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा कतारको दोहाबाट ३७ औं उडान भएको छ । उक्त उडानबाट १५३ जना नेपाली स्वदेश फर्किएको कतार स्थित नेपाली दुतावासले जनाएको छ । 

दुतावासका अनुसार तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए अनुसार र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप स्वदेश फर्काइएको छ । 

दुतावासले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेअनुसार आज दोहाबाट काठमाण्डौका लागि हिमालय  एयरलाइन्सको H95632 को उडानबाट ११ महिलासहित जम्मा १५३ जना नेपालीहरू नेपाल फर्किएका छन् ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका नेपालीहरुको यात्रा सहजिकरण, समन्वय तथा बिदाईका लागि राजदूतावासका अधिकारीहरुको  उपस्थिति रहेको दुतावासले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!