आज कतार, युएई चीन र साउदीबाट नेपालीहरु स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on: 12 Sep, 2020

भदौ २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पाँच अन्तराष्ट्रिय उडानले नेपालीहरुलाई स्वदेश ल्याएको छ । 

आज बिहान ८:०८ बजे कतारबाट कतार एयरलाइन्सको QR 652 नम्बरको जहाजबाट १ शव सहित २२१ जना नेपाली स्वदेश फर्किएका छन् । त्यस्तै आज ८:४८ बजे युएईबाट हिमालय एयरलाइन्सको H9 568 नम्बरको उडानबाट १४८ जना नेपाली स्वदेश आएका छन् । त्यस्तै आजै बिहान ८:५२ मा हिमालय एयरलाइन्सको H9 5632 नम्बरको उडानमार्फत कतारबाट १५३ जना स्वदेश फर्किएका छन् । 


त्यस्तै आज चीनबाट १ भारतीय नागरिक सहित ३ जना नेपाली स्वदेश फर्किएका छन् । त्यस्तै आज बेलुका ८:४२ बजे साउदीको जेद्दाबाट पनि नेपाली फर्किएका छन् तर साउदीबाट आएको उडानको बिस्तृत विवरण प्राप्त भइसकेको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!