वैदेशिक रोजगारको प्रलोभनमा सरकारी कर्मचारी ठगिए, ठगेपछि यस्तो धम्कि !

Posted on: 18 Oct, 2020

अनिल अधिकारी | कात्तिक २, काठमाडौँ | वैदेशिक रोजगारमा व्यक्तिगत ठगिका उजुरी बढ्दै गर्दा एउटा फरक घटना भेटिएको छ । वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाउने प्रलोभनमा परि एकजना बहालवाला सुरक्षाकर्मीले प्रमाण सहित आफू ठगिएको गुनाशो गरेका छन् । 

दुई बर्षअघि एकजना साथी मार्फत पोल्याण्ड जान पाउने आशामा एक एजेन्टलाई १ लाख  रुपयाँ अग्रिम बुझाएका एक सुरक्षाकर्मी ठगिएका हुन् । उनले दिएको सूचनाको आधारमा उनको नाम गोप्य राखिएको छ । आफै सरकारी कर्मचारी भएर वैदेशिक रोजगारीमा जान प्रयास गरेको कारण आफैलाई कारवाही हुने हो कि भन्ने उनलाई डर देखाइएको छ । यही डर देखाएर एजेन्टले अरु सरकारी कर्मचारीलाई पनि ठगेको हुनसक्ने आशंका गरिएको छ ।

पिडितले साझा सबाल मिडियाको सुझावका आधारमा दशैंपछि वैदेशिक रोजगार विभागमा उजुरी दिने तयारी गरेका छन् । पिडितले गुनाशो गरे 'पोल्याण्ड पठाउने भन्दै पैसा लियो, अहिले पैसा माग्दा सिधै दिन्न भन्छ, आफूलाई उजुरी दिँदा उल्टै आफैलाई मुद्दा लाग्ने धम्कि दिन्छ ।' पीडितले सुनाए -'एजेन्टले सरकारी बहालवाला कर्मचारीले वैदेशिक रोजगारको लागि किन आवेदन दिएको ? भन्दै उल्टो आफैलाई मुद्दा लाग्ने धम्कि दिएको छ ।' पिडितले भने 'उसले सरकारी बहालवालालाई हुँदै नभएको प्रलोभनमा पारेर यसैगरि पैसा अशुली गर्ने धन्दा चलाएको रहेछ । पैसा फिर्ता माग्दा एजेन्टले उल्टो आफैलाई मुद्दा हालिदिने धम्कि दिएको छ ।' 

पिडितले प्रमाण चाहिन्छ भन्ने बुझेर पैसा बुझाएको प्रमाण समेत राखेका छन् । पिडितले सम्बन्धित एजेन्टलाई पैसा बुझाउदा निकै सावधानी अपनाएका छन् । वैदेशिक रोजगार प्रयोजनका लागि पैसा लिएको प्रमाणित गर्न उनले पैसा बुझाएको बैंक रसिदमै 'Deposit for foreign employment purpose (Poland)' लेखेका छन् ।


यसरी प्रयोजन खुलाई वैदेशिक रोजगारीमा जाने क्रममा पैसा बुझाउदा पछि कुनै धोका भए उजुरी दिन सहज हुने आफूलाई जानकारी रहेको उनले बताए । आफू सरकारी बहालवाला कर्मचारी रहेको कारण पिडित बनेको दुई बर्ष बितिसक्दा पनि उजुरी दिन नसकेको उनले बताए । पिडितले आफ्नो समस्याबारे अर्का एकजना वैदेशिक रोजगारीमा पठाउने काम गर्दै आएका एजेन्टसँग बुझ्दा उनले समेत आफैलाई मुद्धा लाग्न सक्ने भन्दै डर देखाएको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!