यूएई सरकारले अवैधानिक रुपमा बसेका विदेशी नागरिकलाई दियो थप एक महिने आममाफी

Posted on: 17 Nov, 2020

मंसिर २, काठमाडौं | युएई सरकारले भिषा अवधि सकिएर अवैधानिक रुपमा युएईमा बसेका विदेशी नागरिकहरुलाई सरकारले थप एक महिने आममाफी (छुट) दिएको छ |

गत मार्च १, तारिख भन्दा अधि भिषाको म्याद सकिएको विदेशी नागरिकलाई यूएई सरकारले (आज) अर्थात् १७, नोभेम्वर २०२० सम्म तोकेको आम माफी ३१ डिसेम्बर २०२० सम्मको लागि बढाएको हो |

त्यस्तै ओभर स्टेको जरिबाना तथा अन्य कागजातहरु 'वर्क परमिट' र 'इमिरेटस आइडी' मा लाग्ने फाइन समेत माफ हुने जनाइएको छ | उक्त नियम पश्चात युएइमा अवैधानिक रुपमा बसेका धेरै नेपालीहरुले पनि फाइदा लिन सक्ने छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!