युएईमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on: 18 Nov, 2020

मंसिर ३, काठमाडौँ | संयुक्त अरव ईमिरेट्स (युएई) सरकारले विना जरिवाना स्वदेश फर्किन पाउने समयावधि डेढ महिना थपे संगै युएइमा अवैधानिक रुपमा बसेकाहरु स्वदेश फर्कन पाउने भएका छन् |  मार्च १, २०२० अगाडी भिसाको म्याद सकिएर अवैधानिक भएकाहरुले विना जरिवाना स्वदेश फर्किन पाउने समयावधि थपिएको हो |

सो मिति अगाडी नै भिसाको म्याद सकिएकाहरुले आगामी डिसेम्वरसम्ममाविना जरिवाना स्वदेश फर्किन पाउने भएका छन् | यसअगाडी युएईको मन्त्रीपरीषदले मार्च १ अगाडी भिसाको म्याद सकिएर अवैधानिक हैसियतमा बसिरहेकाहरुलाई विना जरिवाना स्वदेश फर्किन नोभेम्वर १७ सम्मको म्याद दिएको थियो । तर अव सो समयावधि आगामी डिसेम्वर ३१ तारिखसम्मका लागि थपिएको हो |

आईसीएका महानिर्देशक सईद रकान अल रासिदीले विना जरिवाना स्वदेश फर्किन पाउने म्याद यस बर्षको अन्तिमसम्म बढाइएको गल्फ न्यूजले जनाएको छ | 

मार्च १ भन्दा अगाडी भिसाको म्याद सकिएकाहरु डिसेम्वर अन्तिमसम्ममा स्वदेश फर्किएमा भिसाको म्याद सकिएका कारण लाग्ने सम्पूर्ण जरिवाना हटाइएको बताइएको छ | यस्तो सुविधा आवासिय वा पर्यटक जुनसुकै प्रकृतिको भिसा भएकाहरुले प्राप्त गर्न सक्ने जनाइएको छ  | सो अवधिमा युएइमा अवैधानिक भएर बसेकाहरुले पनि यसबाट लाभ लिनसक्ने छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!