कोरोनाकै बीच कात्तिकमा ५३ देशमा जान श्रम स्वीकृति दिईयो, सबैभन्दा बढी धनुषाका

Posted on: 18 Nov, 2020

मङ्सिर ३, काठमाडौँ | कोरोना महामारीका बीच वैदेशिक रोजगारी प्रभावित बनेको छ । यसैबीच गत कात्तिक महिना ५३ देशमा जानको लागि ७७९७ जनाले श्रम स्वीकृति लिएका छन् । 

गत महिना सबैभन्दा बढी ३०९० जनाले कतार जानको लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै साउदी जानको लागि २ हजार ३६२ जनाले श्रम स्वीकृति लिएका छन् । 


साथै गत कात्तिक महिनामा धनुषा जिल्लाबाट मात्र सबैभन्दा बढी ७७१ जनाले बैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका छन् । 

धनुषा पछि सबैभन्दा बढी वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने जिल्लामा महोत्तरी रहेको छ । महोत्तरीबाट मात्र ५१८ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् ।

पुरा विवरण तल हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!