मंसिर ४, काठमाडौँ | बिहिबार साउदीबाट २९ जना नेपाली बहिर्गमन भिसाका पाएका छन | रियाद स्थित नेपाली दुतावासले २९ जना नेपालीको नयाँ बहिर्गमन भिसा जारी भएको जानकारी दिएको हो |
साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन पाउने दुतावासले जनाएको छ | साउदीस्थित नेपाली दूतावासका अनुसार स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने भएका हुन् |
दूतावासको ह्वाट्सएप (०५०००२१४०९)मा आफ्नो कागजात पठाउन सकिने दूतावासले बताएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!