मलेसियामा विदेशी श्रमिकले रिष्टव्याण्ड लगाउनु पर्ने प्रस्ताव,विभेद भन्दै चर्को विरोध

Posted on: 20 Nov, 2020

मंसिर ५, काठमाडौँ | विदेशी श्रमिकलाई चिन्न सहज हुने भन्दै मलेसियामा उनीहरुका लागि रिष्टव्याण्ड (हातमा लगाईने बाला) को प्रस्ताव गरे संगै चर्को विरोध भएको छ | मलेसियाको सुरक्षा परीषदमा यससम्बन्धि प्रस्ताव गरेसंगै चर्को बिरोध भएको हो | 

यो बिषयमा मानवअधिकारकर्मीहरुले आपत्ति जनाएका छन् | सो प्रस्तावको चर्को विरोध भएपछि मलेसियाको सरकारले हालसम्म सो विषयमा कुनै निर्णय भइनसकेको भन्दै सो केवल प्रस्ताव भएको स्पष्ट पारेको छ | मानव अधिकारवादीहरुको चर्को विरोध पछि बोल्दै मलेसियाका एक बरिष्ठ मन्त्री ईस्माइल आब्री याकोबले सो विषयमा हालसम्म कुनै निर्णय नभइसकेको  बताएका छन् |

मन्त्री ईस्माईल साब्रीले सो विषय केवल राष्ट्रिय सुरक्षा परीषदमा गरिने प्रस्ताव मात्र भएको भन्दै सरकारको बचाउ गरेका छन् | उनले कोभिड १९ को समयावधिमा विदेशी श्रमिक पहिचान गर्न सहज हुने भन्दै परीषदमा यस्तो प्रस्ताव गर्न लागिएको बताए |

सरकारी अधिकारीहरुले कोभिड १९ को संक्रमण रोक्न विदेशी श्रमिक पहिचान गर्न उनीहरुको हातमा विशेष प्रकारको व्याण्ड लगाउन आवश्यक रहेको र यो विशेषगरी निमाूण क्षेत्रमा काम गर्नेहरुका लागि आवश्यक रहेको धारणा राखेको जनाएको छ | 

यसले विदेशी श्रमिकलाई हुने विभेद अझ बढाउने भन्दै अधिकारवादीहरुले विरोध गरेका  छन | मानवअधिकारवादीहरुले कोभिड १९ को संक्रमण फैलिन रोक्न विदेशी श्रमिकलाई बस्न दिइएको आवास राम्रो बनाउन आवश्यक रहेको धारणा राखेका छन् । बहुसंख्यक विदेशी श्रमिकले मलेसियामा राम्रो आवास पाउँदैनन् । सानो कोठामा धेरैजना बस्नुपर्ने र आवासको राम्रो प्रवन्ध नहुँदा कोभिडको संक्रमण फैलिएको अधिकारकर्मीहरुको तर्क छ ।

युनिभर्सिटी मलेसियाका ईपिडिमियोलोजी एण्ड पव्लीक हेल्थ विभागका प्रोफेसर डाक्टर सञ्जय रामपालले आप्रवासी श्रमिकको बसाईलाई व्यवस्थीत गर्न सके धेरै कुरामा सुधार हुने बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!