अब कतारले नयाँ श्रमिक लिने, मागपत्र प्रमाणीकरण काम सुरु

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौँ |कतार सरकारले अब नयाँ श्रमिक लिने भएको छ | नोभेम्बर १५ मा कतार सरकारले सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएको हो |

योसंगै कतार स्थित नेपाली दूतावासले आइतबारदेखि मागपत्र प्रमाणीकरणको काम सुरुगरेको छ | यसअघि कतार सरकारले कोरोनाको कारण नयाँ श्रम बन्द गरेको थियो | कोरोनाभाइरसका कारण उच्च जोखिममा रहेका देशहरुको प्रतिबन्ध हटाएसंगै नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको हो | 

कतारको यो घोषणासंगै अब म्यानपावर व्यवसायीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतार स्थित नेपाली दूतावासले जनाएको छ | कतारले खुला नगरुन्जेल सम्म कामको माग ल्याउँदा पनि प्रमाणीकरण गर्न सक्ने अवस्था  नभएको दूतावासको भनाइ छ | 

हाल कतारबाट विदामा नेपाल आएकाहरुले फर्कन चाहेमा कतार पुगेपछि सात दिन होटल क्वरेण्टीन र सात दिन होम क्वरेण्टीनमा अनिवार्य बस्नु पर्ने कतार सरकारको नयाँ नियम छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!