विदेश जाने यात्रुले चार घण्टा अगाडिनै विमानस्थल पुग्नुपर्ने

Posted on: 27 Nov, 2020

मंसिर १२, काठमाडौँ | काठमाडौँबाट हङकङ र जापानको नारिता  जाने यात्रुहरुले उडान समय भन्दा चार घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने भएको छ | कोभिड–१९ कारण थप आवश्यक विवरणहरु जांच गर्नपर्ने भएकोले चार घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्ने भएको हो |

नेपाल एयरलाइन्सले विमानस्थल समय एक घन्टा थपेको जनाएको छ | यसअघि विमानवाट अन्तरराष्ट्रिय उडान गर्दा तीन घण्टा अगावै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुग्नुपर्ने नियम थियो | उक्त समयमा विमानस्थलमा चेकजाँच गरी जहाज चढ्न सकिन्थ्यो |

तर पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि चेकजाँच सहजीकरणका लागि निगमले उक्त नियम लागु गरेको जनाएको छ | नेपालबाट हङकङ पगेपछी यात्रुमा कोरोना पोजेटिभ देखिएपछि एयरलाइन्सले थप कडाइ गरेको हो | 

हङकङ जाँदा सरकारी प्रयोगशालामा कोरोना परिक्षण र रिपोर्ट नेगेटिभ अनिवार्य गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!