श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन विभागको आग्रह, श्रम स्वीकृति हुन नसके जिम्मेवार नहुने

Posted on: 27 Nov, 2020

मंसिर १२, काठमाडौँ  | वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएपछि मात्रै टिकट लिन श्रमिकहरुलाई आग्रह गरेको छ | विभागले एक सूचना जारी गर्दै श्रम स्वीकृति नलिई टिकट लिएमा र स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने बताएको हो |

नवीकरण गर्ने सेवाग्राहीको माग एवं चाप बढ्दै गएपछि १४ मंसिर देखि दैनिक ३०० टोकन जारी गरिने व्यवस्था गरिएको विभागले जनाएको छ | विभागका अनुसार,सेवाग्राहीहरु आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएकोले अब १४ गतेबाट कुनै पनि बहाना र व्यहोराबाट जारी टोकन अगाडि सार्ने कार्य पूर्ण रुपमा बन्द गरिएको छ |

 विभागले जारी गरेको सूचनामा भनेको छ,"सेवाग्राहीबाट आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएकोमा उहाँहरुलाई मार्का नपरोस् भन्नाका लागि सम्बन्धित शाखा एवम् वैदेशिक रोजगार विभागसँग समन्वय गरी टिकट, पि सि आर रिपोर्ट देखाउन लगाई र भिषा समाप्त हुनेका हकमा सो हेरी राखी जारी टोकन एक दिन पूर्व वा भोलीपल्ट विदा भए अर्को दिन ११ बजेसम्मको भए अघिल्लो दिन पारदर्शी रुपमा सारिदिने गरिएकोमा यस सम्बन्धमा कार्यालयको कार्य सम्पादनमा पश्न उठन जाने अबस्था रहेको छ |"

श्रम स्वीकृति नलिई टिकट लिएमा र स्वीकृति हुन नसकेमा कार्यालय जिम्मेवार नहुने सूचनाहरु जारी हुँदा पनि यो क्रम निरन्तर भएकाले विभाग जिम्मेवार नहुने बताएको हो | वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ | कसैको श्रम स्वीकृतिको म्याद भए उडान गर्ने दिन कम्तिमा ९१ बाँकी रहेको हुनु पर्ने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!