मलेशियामा विदेशी श्रमिक बस्ने होष्टेलको अवस्था सुधार गर्नु पर्ने माग,साँघुरो कोठामा धेरै बस्नुपर्ने

Posted on: 30 Nov, 2020

मंसिर १५, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरसको संक्रमण मलेसियामा पनि बढ्दै गएको भन्दै विदेशी श्रमिक बस्ने होष्टलको अवस्था तत्काल सुधार गर्नुपर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् | कोभिड फैलिनुकोकारण साँघुरो कोठामा धेरै बस्नुपर्ने भन्दै तत्काल सुधारको माग गरेका हुन् |

यसअघि मलेसिया सरकारले कोभिड संक्रमण बढ्दै गएको भन्दै विदेशी श्रमिकको अनिवार्य कोरोना परिक्षण गर्ने बताएको थियो | आप्रवासी कामदारको आवास सम्बन्धि व्यवस्थामा तत्काल सुधार गर्नुपर्ने मलेशियाका स्वास्थ्य महानिर्देशक डा. नुर हिसाम अव्दुल्लाहले बताएका छन् |

उनले साँघुरो र भिडभाडयुक्त विदेशी श्रमिक बस्ने होष्टलहरुमा छिट्टै सुधार गर्न बताएको स्थानीय संचारमाध्यमहरुले लेखेका छन् | पछिल्लो समय मलेसियामा धेरै आप्रवासी कामदारहरुमा कोरोना संक्रमण देखिएको भन्दै उक्त आवास व्यवस्था सुधार गर्नुपर्ने माग उठिराखेको छ |

मानव संशाधन मन्त्रालयले होष्टल सञ्चालको न्यूनतम मापदण्ड पुरा नगर्ने रोजगारदातालाई कारवाही गर्नेगरी गरेको व्यवस्थामा मन्त्रालय सहमत भएको उनको तर्क छ | उनले कोभिड-१९ को संक्रमणका विविध कारणहरु रहेको भन्दै अव्यवस्थीत होष्टल, व्यक्तिगत सरसफाइमा ध्यान नदिनु, कार्यथलो र होष्टलको वातावारण मुख्य रुपमा जिम्मेवार रहेको बताए |

यसअघि नै मलेसियामा विदेशी श्रमिकहरुमा कोरोनाभाइरसको सङ्क्रमण उच्च देखिएपछि केहि कारखानाहरु बन्द समेत गरिएका थिए | यसैक्रममा मेडिकल ग्लोव्स उत्पादनमा विश्वकै ठूलो मध्येको एक टप ग्लोव्सका केहि कारखानाहरु बन्द भएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!