मलेसियाको टप ग्लोव्स कम्पनीले लगायो नयाँ नियम,आवत जावतमा कडाइ

Posted on: 30 Nov, 2020

मङ्सिर १५, काठमाडौँ | आप्रवासी श्रमिकहरुमा कोरोनाभाइरस( कोभिड-१९) को संक्रमण बढ्दै गएपछि मलेशियाको टप ग्लोव्सका कम्पनिका श्रमिक बस्ने होष्टलमा थप कडाइ गरिएको छ | स्थानीय संचारमाध्यमहरुले जनाएअनुसार,आवतजावतमा थप कडाइ गरिएको छ भने,यसअघि कोरोना परिक्षण गरेर नेगेटिभ आएका श्रमिकहरुले पनि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम लगाइएको छ |

क्लाङ र मेरु स्थित कम्पनीहरुका होष्टलहरुमा कडाइ गरेसंगै डिसेम्वर १४ सम्म ति कम्पनीमा काम गर्ने श्रमिकहरु क्वारेण्टीनमा बस्नु पर्ने भएको छ | यसअघि  लगाइएको बन्देजलाई अझ कडाइ गरिएको  मलेसियाका बरिष्ठ मन्त्री ईस्माईल आब्री याकोबले बताएका छन् |

ति होष्टेलहरुमा बस्ने सबैको अनिवार्य कोभिड परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपनि उच्च जोखिम भन्दै क्वारेन्टाइनमा राखिएको हो | केहि समय अगाडी देखि श्रमिकहरुमा कोरोना संक्रमण बढ्दै गएपछि टप ग्लोव्सका केहि कम्पनीहरु बन्द समेत गरिएको थियो |

क्वारेन्ताइन्मा राखिएका श्रमिकहरुको पनि समयावधि थपिएको जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!