पोर्चुगल पठाउने प्रलोभनमा पारेर १६ लाख बढी ठगी गर्ने चौधरी पक्राउ

Posted on: 30 Nov, 2020

मङ्सिर १५, काठमाडौँ | वैदेशिक रोजगारको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै दुई जना युवासँग १६ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका–६ स्थायी ठेगाना भई हाल सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरी रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले ठगीको आरोपमा सुन्धाराबाट पक्राउ गरेको हो ।


चौधरीले रुपन्देहीका २ जनालाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भन्दै प्रलोभनमा पारेर १६ लाख २५ हजार दुई सय ५० रुपियाँ आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका थिए । चौधरीले पिडितहरुबाट राहदानी समेत लिएर अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाइ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!