साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on: 01 Dec, 2020

मंसिर १६, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | लिष्टमा नाम भएका सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार ०४ डिसेम्बर २०२० दमाममा अस्थायी कार्यालय सञ्चालन गरिने भएको हो |

ग्रिन सपिंग सेन्टर संगै रहेको मुगल रेस्टुरेन्ट दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट)मा  शुक्रबार बिहान ८ बजे देखि आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने राजदूतावासले जनाएको छ | एक घण्टामा १० देखि १२ वटा मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा संलग्न लिष्टमा नाम भएकाहरूले आफ्नो सिरियल नम्बर बमोजिम आ-आफ्नो समयमा मात्र राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित हुन् दुतावासले अनुरोध गरेको छ | त्यस्तै हदानी आवेदन संकलनका लागि आउँदा आवेदकहरू मात्र आउनुपर्ने छ |

यसअघि राजदूतावासले विभिन्न मितिमा जारी गरेका सूचनाको आधारमा अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरुको लिष्ट सार्वजनिक गरेको छ | राहदानी आवेदनका लागि आउँदा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति ल्याएर आउनुपर्ने जनाइएको छ | त्यस्तै नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) आवश्यक पर्ने छ | दूतावासका अनुसार,राहदानी दस्तुर साउदी रियाल- २००।– लाग्ने छ | हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।- शुल्क लाग्ने छ |

कोभिड-१९ को महामारी रहेका कारण राहदानी आवेदन फाराम संकलन गर्दा स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएको छ | 

राहदानी आवेदन संकलनका लागि आवेदन दिएकाहरुको नामावली हेर्नुहोस 



यस बिषयमा तपाइको प्रतिक्रिया...!