युएई र ओमानस्थित नेपाली दुतावासबाट मागपत्र प्रमाणीकरण शुरु

Posted on: 01 Dec, 2020

मङ्सिर १६, काठमाडौँ । युएई र ओमानमा रहेका नेपाली दुतावासले मागपत्र प्रमाणीकरण शुरु गेका छन् । युएईस्थित नेपाली दुतावासले पहिलो चरणमा सरकारी तथा अर्ध सरकारी कम्पनीहरुको मागपत्र प्रमाणीकरण शुरु गरेको यूएईका लागि श्रम काउन्सिलर निर्मला थापाले साझा सवाललाई जानकारी दिईन् । 

युएइको प्राइभेट  कम्पनीहरु को समेत चाडै प्रमाणीकरण हुने दुतावासले जनाएको छ । त्यस्तै ओमानस्थित नेपाली दुतावासले पनि आजबाट मागपत्र प्रमाणीकरण शुरु गरेको जनाएको छ । 

कोरोना महामारी पश्च्यात दुतावासहरुले मागपत्र प्रमाणीकरण कार्य बन्द गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!