भिजिट भिषामा युएई लगायत देशमा काम गर्ने उदेश्यले जानेहरुलाई बिभागको अनुरोध

Posted on: 01 Dec, 2020

मङ्सिर १६, काठमाडौँ | कोरोना महामारीका बीच बिभिन्न प्रलोभनमा परि भिजिट भिषामा वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै बैदेशिक रोजगार बिभागले ध्यानाकर्षण गरेको छ । 

विभागले एक सूचना जारी गर्दै भनेको छ 'युएई लगायत बिभिन्न देशहरुमा आकर्षक सेवा सुविधाको प्रलोभनमा पारी बिभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिषामा श्रमका लागि व्यक्तिहरु पठाइरहेको भन्ने विषयमा विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।' बिभागले भिजिट भिषामा जानेहरु ठगिने क्रम शुरु भई विभागमा उजुरी समेत आउन थालेको जनाएको छ । 

बिभागले भिजिट भिषामा विदेशमा श्रम गर्न जानु अवैधानिक भन्दै भिजिट भिषामा गएका व्यक्तिहरुको सेवा, शर्त तथा सुविधाका सम्बन्धमा बैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ आकर्षित नहुने र उक्त व्यक्तिलाई शारिरीक, मानसिक हिँसा भएमा वा कानुनी जटिलता गन्तव्य मुलुकमा उत्पन्न भएमा स्वयम् व्यक्ति नै जिम्मेवार हुने जनाएको छ  । 

बिभागको सूचना हेर्नुहोस् 



यस बिषयमा तपाइको प्रतिक्रिया...!