मानव तस्करी आरोपमा गणेश लुंगा पक्राउ, अफ्रिका पठाउने भन्दै दर्जनौं तस्करी

Posted on: 02 Dec, 2020

मङ्सिर १७, काठमाडौं | मानव तस्करीको आरोपमा प्रहरीको खोजी गरिरहेको गणेश लुंगा पक्राउ परका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतका अनुसार कहिले भारत त कहिले बैंककमा लुक्दै आएका लुंगा काठमाडौं आएको सूचना पाएपछि माछापोखरी क्षेत्रबाट पक्राउ गरिएको हो। 

लुंगाले झूटो आश्वासन दिएर अफ्रिकाका विभिन्न देशमा दर्जनौं व्यक्तिलाई तस्करी गरको, अलपत्र पारको र ठगी गरको उनीमाथि आरोप छ । स्रोतका अनुसार दुई वर्षअघि झन्डै एक दर्जन पीडितले लुंगाविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पनि उजुरी दिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!