मलेशिया सरकारले गर्यो विदेशी श्रमिकको लेभी सम्बन्धमा यस्तो घोषणा

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौँ | मलेसिया सरकारले विदेशी श्रमिकको लेभी सम्वन्धमा नयाँ घोषणा गरेको छ | आगामी जनवरी देखि लागु गर्ने तयारी गरेको लेभी सम्वन्धि नयाँ व्यवस्थालाई जुलाई १, २०२१ सम्मका लागि लागु नगर्ने घोषणा गरेको हो |

कोभिड १९ का कारण रोजगारदातालाई परेको समस्याका कारण लेभी सम्वन्धि नयाँ व्यवस्था लागु गर्न ६ महिनाको समय पछि सारिएको मलेशियाका गृहमन्त्री हमजाह जैनुद्दिनले यसको जानकारी दिए | यसैगरी विभिन्न चरणमा लगाउने तयारी गरिएको लेभी सम्वन्धि व्यवस्थामा पनि परिवर्तन गर्ने तयारी रहेको मलेशियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ |

मलेशियाले विदेशी श्रमिकको संख्यालाई कम गर्दै मलेशियन नागरिकलाई नै आन्तरिक रोजगारीमा संलग्न गराउने उद्देश्यले लेभी सम्वन्धि नीतिलार्ई कडा बनाउने तयारी गरेको छ । श्रमिकले लेभी तिर्नु नपर्ने व्यवस्था गरेको सरकारले रोजगारदाताले भनें चर्को लेभी तिर्नुपर्ने व्यवस्था गर्न खोजेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!