पुस २९, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार १५ जनवरी २०२१ मा जुवेलमा दूतावासले अस्थायी कार्यालय राख्ने भएको हो |
राजदूतावासले विभिन्न मितिमा जारी गरेका सूचनाको आधारमा अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूको नामावली सार्वजनिक गर्दै अस्थायी कार्यालय राख्ने बताएको छ | दूतावासका अनुसार अस्थायी कार्यालय राख्ने स्थान जुवेल स्थित एभरेष्ट नेपाली रेष्टुरेन्ट (लोकेशन https://goo.gl/maps/31FdoJPEMvqjLguq8)मा बिहान ९ बजे देखि कार्यालय संचालन हुनेछ |
राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति,नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) ल्याउनु पर्ने छ |
त्यस्तै राहदानी दस्तुर साउदी रियाल- २०० र हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४०० लाग्ने दूतावासले जनाएको छ |
कोभिड-१९ महामारी लाइ ख्याल गर्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएकोले एक घण्टामा १५ जनासम्मको मात्र राहदानी आवेदन संकलन गर्न सकिने हुँदा लिष्टमा उल्लेख भएको आफ्नो समयमा मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं. २० मा नाम भएको व्यक्ति बिहान १० बजेर १६ मिनेटमा) उपस्थित हुन दूतावासले अनुरोध गरेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!