अहिले मलेसिया यात्रा खर्चिलो, तत्काल नयाँ कामदार जाने सम्भावना छैन

Posted on: 17 Jan, 2021

माघ ४, काठमाडौँ | मलेसियास्थित नेपाली दूतावासले कारोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले मलेसिया यात्रा गर्दा नेपालीले तिर्नुपर्ने खर्च बढेको जनाएको छ ।  

दूतावासले गर्ने नियमित फेसबुक लाइभमार्फत मलेसिया क्वारेन्टिन खर्च वापत लगभग ४ हजार रिंगिट करिब १ लाख २० हजार नेपाली अतिरिक्त खर्च हुने जानकारी दिएको छ । 


नेपालबाट जाने व्यक्तिको क्वारेन्टिनमा प्रशासनिक खर्च, खाना खर्च, कोभिड टेष्ट लगायतको खर्च हुने गरेको छ । दूतावासले कोरोना भाइरसको बढ्दो संक्रमणले नेपालबाट नयाँ कामदार जाने तत्काल कुनै सम्भावना नदेखिएको समेत जानकारी दिएको छ ।

मलेसिया सरकारले विदेशी कामदारहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेपनि यकिन जानकारी आएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!