माघ ५, काठमाडौँ । गत पुस महिनामा ६ हजार ६८ श्रमिक विभिन्न म्यानपावर कम्पनी मार्फत विदेशएका छन् । पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नियन्त्रण हुँदै गएपछि बैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो ।
२ सय ८१ म्यानपावर कम्पनी मार्फत पुस महिनामा ५ हजार २ सय ८१ पुरुष र ७ सय ८७ महिला विदेशिएका छन् । पुस महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीमा भिजन एण्ड भ्यालु ओभरसिस रहेको छ।
उक्त म्यानपावरले ३५६ पुरुष र ८४ महिला गरी जम्मा ४ सय ८० जनालाई विदेश पठाएको छ । त्यस्तै दोश्रो नम्बरमा अल्जिराफ ह्युमन कन्सल्टेन्ट रहेको छ । उक्त म्यानपावर कम्पनीले पुस महिनामा २ सय ८६ श्रमिक विदेश पठाएको छ ।
इन्टरनेसनल म्यानपावर रिकुम्यनटले २ सय २६ द रिभर ओभरसीस ले २सय १८ श्रमिक विदेश पठाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!