मलेसियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो, ५ जनाको भने अस्तु मात्रै

Posted on: 23 Jan, 2021

माघ १०, काठमाडौँ | मलेसियाबाट आज १७ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो । 

यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो । 

शव लिन गएराति मलेसिया गएको जहाजले आज बिहान शव लिएर काठमाण्डौ आएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको छ । 

शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए । शव बुझ्न गएका आफन्तको रुवाबासीले बिहान विमानस्थलको  अवस्था शोकमग्न थियो । निगमले क्वालालम्पुर गन्तव्यमा न्यारो बडी जहाजले नियमित उडान गर्दै आएपनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइड बडी जहाज पठाइएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!