साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on: 25 Jan, 2021

माघ १२, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ । सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले नेपाली समुदायको बाक्लो उपस्थिती रहेका शहरहरूमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय स्थापना गरिने भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आगामी ५ फेब्रुअरी २०२१ मा दमाममा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गरिने भएको हो । दमाम, जुवेल, अलहासा, रास्तानुरा, खोबर, कतिफ एवम् सो क्षेत्रको वरपरका स्थानमा रहेका  नेपालीहरूले राहदानीका लागि https://forms.gle/pryfMdChxs2QHCPi6 अनलाइन आवेदन गर्नुहुन मार्फत् निवेदन गर्न हुन् दूतावासले अनुरोध गरेको छ ।

राहदानीको म्याद ६ महिना भन्दा कम रहेकाहरूले मात्र आवेदन दिनुपर्ने छ । ५ फेब्रुअरी २०२१ पछि केही समयको लागि अस्थायी कार्यालय सञ्चालन गरी राहदानी आवेदन संकलन गर्ने कार्य स्थगित गरिने भएकाले उक्त मितिमा आवेदन दिन दूतावासले अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!