यूएईमा निर्दोष नेपालीलाई नौ करोड जरिवाना

Posted on: 30 Jan, 2021

माघ १७, काठमाडौं | यूएईमा पानीमा डुबेका एक विदेशी नागरिकलाई बचाउने क्रममा दुई नेपालीलाई कानुनी झन्जट आईलागेको छ ।

लाइफगार्डको रुपमा युएईको ट्रान्डो ग्रुप कम्पनीमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र बर्दियाका हुमनाथ ढुंगानाले एकजना सिरियन नागरिक पौडी खेल्ने क्रममा डुबेपछि उद्दार गरेका थिए । तर उपचारको क्रममा सिरियन नागरिकको शरीरका सातवटा अंगले काम गर्न छाडेपछि उनका परिवारले नेपाली सुरक्षागार्डलाई दोषी देखाउँदै अदालतमा मुद्दा हाले । सोहि मुद्धाको परिवन्दमा परेपछि नेपालीहरुलाई करिव नौ करोड बराबरको जरिवाना तोकिएको हो ।

अदालतले ढुंगाना र श्रेष्ठलाई दोषी देखाएर जनही १४ र १४ लाख यूएई दिराम जरिवाना तोकेको छ । अदालतबाट दोषी पाइएका श्रेष्ठ र ढुंगानाले रोजगारी समेत गुमाएका छन् । 

आफूहरुलाई समेत जोखिममा राखेर काम गर्दा आफैलाई समस्या परेको नेपालीहरुले बताएका छन् । नेपाली दूतावास र एनआरएनए  तथा अन्य सामाजिक संस्थालाई गुहारिरहेका उनीहरुले सजाय माफीको लागि अपील पनि गरेका छन्  । उनीहरुले उद्धारका लागि नेपाल सरकार, दूतावास, वैदेशिक रोजगार प्रवर्द्धन  बोर्ड, परराष्ट्र मन्त्रालय, यूएईमा रहेका सामाजिक संस्था लगायतलाई गुहारिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!