वैदेशिक रोजगार: अभिमुखीकरण तालिमको नयाँ पाठ्यक्रम पारित, कहिलेबाट हुन्छ लागू ?

Posted on: 31 Jan, 2021

मनोज पराजुली । माघ १८, काठमाडौं । वैदेशिक रोजगारीमा प्रस्थान गर्नुपूर्व दिइने अभिमुखीकरण तालिमको नयाँ पाठ्यक्रम पारित भएको छ । परिमार्जित पाठ्यक्रम  वैदेशिक रोजगार वोर्डको गत मङ्सिर १० गतेको बैठकबाट स्वीकृत भई कार्यान्वयनमा ल्याउन लागिएको  हो ।

परिमार्जित नयाँ पाठ्यक्रम पारित भएको छ, वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले भने 'नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि टर्ट तालिम लिएर बसेका तथा अभिमुखीकरण तालिम प्रदायक संस्थामा आवद्ध भई पढाईरहेका हरुलाई पुनर्ताजकीकरणमा तालिममा समावेश गरिनेछ ।" उक्त तालिममा प्रशिक्षकहरुलाई नयाँ पाठ्यक्रमको बारे जानकारी गरेपस्च्यात मात्र पाठ्यक्रम कार्यन्वयनमा लगिने कार्यकारी निर्देशक श्रेष्ठले बताए । 

वोर्डले स्वीकृत गरेको नयाँ पाठ्यक्रम अनुसार मलेसिया, जोर्डन, इजरायल र खाडी मुलुकका लागि छुट्टाछुट्टै पाठ्यक्रम तयार गरिएको वोर्डका तालिम शाखा प्रमुख मैंया कंडेलले साझा सबाललाई बताइन् । हाल वोर्डले पुनर्ताजकीकरणमा सहभागी हुन आवेदन माग गरेकोले सोहि आवेदन दिएकाहरुलाई सहभागी गराएर २ दिने तालिम दिए पश्च्यात मात्र नयाँ पाठयक्रम लागू गरिने  कंडेलले साझा सबाललाई बताइन् ।  

वैदेशिक रोजगार नियमावली २०६४ को नियम २० मा वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व वोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसार अभिमुखीकरण तालिम लिनु पर्ने व्यवस्था गरेको छ । जसअन्तर्गत नेपालको वैदेशिक रोजगार कानून सम्बन्धी, वैदेशिक रोजगारमा जाने मुलुकले भौगोलिक स्थिति संस्कृति रहनसहन, आर्थिक सामाजिक र राजनैतिक अवस्था सम्बन्धी जानकारी,  गन्तव्य मुलुकको भाषा सम्बन्धी, गन्तव्य  मुलुकको श्रम, अध्यागमन कानून तथा ट्राफिक नियम सम्बन्धी जानकारी,  एच.आई.भी एडस सरुवा रोग यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जानकारी, कामदारको आचरण, व्यवहार र सुरक्षा सम्बन्धी, विदेशमा कमाएको आय सरल सहज र सुरक्षित रुपमा नेपाल पठाउने सम्वन्धी विषयहरु उल्लेख गरिएको छ ।

हालको पुरानो पाठ्यक्रममा ११ घण्टा भएपनि ८ घण्टा पढाउने गरिएको छ तर अब नयाँ पाठयक्रम अनुसार २ दिन संचालन हुने तालिममा दैनिक ६ घन्टाका दरले कुल १२ घण्टा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको छ । नेपाल सरकारबाट अनुमति प्राप्त अभिमुखीकरण तालीम प्रदायक संस्थाहरुवाट यो तालीम सञ्चालन हुँदै आएको छ । कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाल सरकारबाट वैदेशिक रोजगार सम्बन्धी विषयमा प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त स्रोत व्यक्तिहरुवाट तालिम सञ्चालन हुनेछ । यसका साथ आवश्यकता र परिवेश अनुसार सम्बन्धित क्षेत्रका विज्ञहरुलाई (अध्यापन) सेसनका लागि आमन्त्रण गर्न सक्रिने व्यवस्था गरिएको छ ।

तालिमका सेसनहरु सहजीकरण गर्दा सकेसम्म श्रव्य दृष्यको सामग्री कम्तीमा पनि ६० प्रतिशत प्रयोग भएको हुनुपर्नेछ भने बढी सूचना र सजार प्रविधिलाई प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । तालिमका लागि आवश्यक पाठ्यक्रम पाठ्यसामाग्री लगायत अन्य सामानहरु तालिम सञ्चालन हुनु अगावै व्यवस्था गरिसक्नु पर्नेछ । तालिम सहजीकरणका विधि तथा सूचन  प्रविधिलाई पाटवक्रमका विषयवस्तुसंग आवद्ध गरेर प्रयोग गर्नुपर्नेछ । 

तालिम अवधि ३ दिनबाट २ दिनमै झारियो 

हालसम्म लागू भैरहेको पुरानो पाठ्यक्रम वैदेशिक रोजगार प्रवर्द्धन वोर्डको २०६९ पौष २ गते को निर्णयानुसार स्वीकृत भएको पाठ्यक्रम हो । वैदेशिक रोजगारीमा जाने युवाहरुका भदौ २० गते  गते सर्वोच्च अदालतबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रातयको नाममा परमादेश जारी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०७२ साल असोज २० गते सम्पन्न बैठकको निर्णयानुसार पाठ्यक्रम परिमार्जनका लागि सुझाव दिइएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा समेत पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई समय सापेक्ष परिमार्जन गरी कार्यान्वयनका लागि सुझाव प्रापत भएको र वोर्डको मिति २०७५ वैशाख ३ गतेको वैठकको निर्णय अनुसार गठित वैदेशिक रोजगार व्यवस्थापन सुधार सूझाव कार्यदलको प्रतिवेदनमा समेत पुर्व प्रस्थान अभिमुखीकरण पाठ्यक्रम परिमार्जन गर्नुपर्ने सम्बन्धमा सुझाव दिइएको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७५ साउन ९ गते को निर्णय (मा.मन्त्रीस्तरीय) बाट वैदेशिक रोजगारीमा जाने कामदारहरुले रोजगारीमा जानु पूर्व लिनु पर्ने वैदेशिक रोजगार शिक्षा अभिमुखीकरण तालिम पाठ्यक्रम २०७० लाई परिमार्जनका लागि मस्यौदा तयार गरी बोर्ड समक्ष सिफारिस गर्न वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशकको संयोजकत्वमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, प्राबिधिक व्यवसायिक सीप नथा तालिम परिषदका सम्बद्ध पदाधिकारीहरु लगायत सम्बद्ध विषयविज्ञ समेत सदस्य रहने गरी -अभिमुखीकरण तालिम पाठ्यक्रम परिमार्जन समिति गठन गरिएका थियो । उक्त समितिले पेश गरेकी पाठवक्रम मस्यौदा वैदेशिक रोजगार बोर्डको मिति २०७६ वैशाख १५ गतेको वैठकवाट स्वीकृत भएको थियो । श्रम मन्त्रालयको २०७६ फागुन ८ गते को श्रममन्त्रीस्तर निर्णयबाट अभिमुखीकरण तालिम कार्यविधि २०७६ को पहिलो संसोधनबाट तालिम अवधी ६ घण्टाको दरले २ दिनको कायम गरिए पश्चात् पाठ्यक्रममा  समेत आवश्यक परिमार्जन एव संशोधन गरिएको थियो । यसरी परिमार्जित पाठ्यक्रम वोर्डको २०७७ मङ्सिर १० गतेको बेठकबाट स्वीकृत भई कार्यान्वयनमा ल्याउन लागिएको हो ।

१२ घण्टा पढाउन सकिंदैन : महासंघ अध्यक्ष, गौतम

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी  महासंघका अध्यक्ष राजाराम गौतमले वोर्डले ल्याएको नयाँ पाठ्यक्रम अनुसार १२ घण्टा कक्षा संचालन गर्न नसकिने बताएका छन् । वैदेशिक रोजगार वोर्ड आँफैले १२ घण्टा तालिम दिन सक्ने भए दिए हुन्छ, व्यवसायीले अहिलेकै प्रावधानमा रहेर १२ घण्टा तालिम दिन सक्दैनन् अध्यक्ष गौतमले भने 'समयावधि थप्ने तर अहिलेको सेवा शुल्क ७ सय नबढाइएका कारण आर्थिक भार थपिन्छ ।" 

"नयाँ पाठ्यक्रममा विषयवस्तु राम्रा थपिएका छन् यसलाई राम्रै मान्नुपर्छ तर तालिमको समय अवधि थप्ने र घटाउने गर्ने, कार्यविधिमा व्यक्ति अनुकुल परिवर्तन गरिरहने प्रवृति कायमै राख्ने अनि तालिमको गुणस्तर नखोज्ने हो भने जुन सुकै पाठ्यक्रम आएपनि केहि हुनेवाला छैन"  उनले भने ।

विदेश जानेलाई नठगिन सिकाउने अभिमुखीकरण तालिमको पाठ्यक्रम, कहिले हुन्छ परिमार्जन ?



यस बिषयमा तपाइको प्रतिक्रिया...!