जापानमा केयर गिभरको लागि रोजगारीको अवसर, मासिक तलब २ लाख लागत खर्च ५० हजार मात्रै

Posted on: 03 Feb, 2021

माघ २१, काठामाडौं । वैदेशिक रोजगारीका लागि जापानबाट केयर गिभरको माग आएको छ । सिनामंगलमा रहेको इम्पेरीयल ओभरसिज प्रा .लि ले जापानको लागि केयर गिभरको डिमाण्ड  ल्याएको हो ।

इम्पेरीयलले जापानको Woodland Kube Business Coopertaive को लागि (लट नम्बर २३५९०७) ३ जना केयर गिभरको डिमाण्ड ल्याएको छ ।  वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट २०७७ माघ २० गते केयर गिभर (पुरुष १, महिला २ जना) को डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ । केयर गिभरको  न्यूनतम मासिक तलब १ लाख ८४ हजार जापानीज ऐन  अर्थात् आजको विनिमय डर अनुसार २ लाख ३ हजार  रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन । करार अवधि ३ वर्षको हुने उल्लेख छ ।

विज्ञापन प्रकाशित भएको १० दिनभित्र आवेदन दिनुपर्ने छ भने छनौटको लागि अन्तर्वार्ता माघ ३० गते म्यानपावर कार्यालयमा हुने जनाईएको छ । सेवा शुल्क बापत म्यानपावर कम्पनीले ५० हजार मात्रै लिने जनाईएको छ ।

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा टोल फ्रि नं : १६६००१०९९९९ / ०१-४७८२६२१ सम्पर्क गर्नुहोला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!