कुवेत प्रवेशमा दुई साताका लागि आगमन निषेध

Posted on: 04 Feb, 2021

माघ २२, काठमाडौं । कुवेतले गैरकुवेती नागरिकलाई दुई साताका लागि आगमन निषेध गरेको छ । बुधवार एक कुवेती टेलिभिजनमा प्रशारित पत्रकार सम्मेलनमा यससम्वन्धि सरकारी निर्णयको बारेमा जानकारी दिईएको हो ।

गल्फन्यूजका अनुसार फेब्रुअरी ७ देखि लागु हुनेगरी सो बन्देज दुई साता लागु हुनेछ । कुवेतको मन्त्री परीषदले कुवेत प्रवेश गर्ने कुवेती नागरिकले पनि अनिवार्य रुपमा क्वारेण्टीनमा बस्नुपर्नेछ । कोरोना भाईरसको दोश्रो लहरका कारण विभिन्न मुलुकहरुले समय समयमा यस्तो आँशिक समयको बन्देज लगाउँदै आएका छन् ।

यस अगाडी साउदी अरेवियाले विभिन्न २० वटा मुलुकबाट आउनेहरुलाई आफ्नो मुलुकमा प्रवेशमा अल्पकालिन बन्देज लगाइसकेको छ । सो सूचीमा भारत समेत रहेको छ । नेपाल भनें साउदी अरेविया प्रवेश गर्न नपाउने सूचिमा छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!