स्काइवार्ड कन्स्लटेन्सीमा विभागको छापा:युक्रेन पठाउने भन्दै युवाहरुसँग चर्को अशुली

Posted on: 28 Feb, 2021

फागुन १६, काठमाडौं । बैदेशिक रोजगार विभागले काठमाडौँको पुरानो बानेश्वर स्थित स्काइवार्ड एजुकेशन कन्स्लटेन्सीमा छापा मारेको छ। युवाहरुलाई युक्रेन रोजगारमा पठाउन लागेको सूचनाको आधारमा विभागले आइतबार स्काइवार्डमा छापा मारेको हो।


विभागको टोलीले अनुगम गर्ने क्रममा युक्रेन जानको लागि भन्दै आएका एक युवा कन्सल्टेन्सीमै भेटिएका थिए । उनलाई उक्त कन्सल्टेन्सीले विदेश पठाउने भन्दै ६ लाख रुपैयाँ लिने भनिएको पाइएको छ । साझा सवाल मिडियाले कन्सलटेन्सीका संचालकलाई 'यसरी व्यक्तिगत श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा पठाउने अधिकार कन्सल्टेन्सीलाई कसरी भयो ?'  भनेर प्रश्न गर्दा,'सरकारले व्यक्तिगत श्रम स्वीकृतिको नियम किन राखेको ?' भनेर उनले मिडियालाई प्रतिप्रश्न गरे ।


उक्त कन्सल्टेन्सीले प्रतिव्यक्ति धेरै युवाहरुसँग वर्क प्रर्मिट आएको भन्दै रसिद भरपाई समेत दिइएको पाइएको छ । सो क्रममा एक बुक रसिद समेत फेला परेको छ। विभागले स्काइवार्डबाट थप अनुसन्धानका लागि दुई वटा ल्यापटप, सात वटा पासपोर्ट,६ वटा रजिष्टर, केहि नगदी रसिद र रेकर्ड फायलमा भएका कागजातहरु बरामद गरेको छ । 


पछिल्लो समय विभिन्न कन्सल्टेन्सीहरुले व्यक्तिगत श्रम स्वीकृतिद्वारा विदेशमा आकर्षक रोजगारी भन्दै पठाउने गरेको पाइएको छ । यस बिषयमा बैदेशिक रोजगार विभागले प्रत्येक दिन स्टिंङ् अप्रेसन गर्ने गरेको जनाएको छ।

व्यक्तिगत श्रम स्वीकृति गराई अवैधानिक तरिकाले युवाहरुलाई विदेश पठाइ कमाइ गर्न खोज्ने म्यानपावर,सेक्युरिटी अफिस, कन्स्लटेन्सीहरुप्रति विभागले कारबाहीको दायरा बढाएको हो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!