रिलायवल एचआर म्यानपावरका संचालक पक्राउ

Posted on: 01 Mar, 2021

फागुन १७, काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका रिलायवल एचआर म्यानपावरका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार नवलपरासी देवचुली नगरपालिका-१३ का ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाडौं बागबजारबाट केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ को फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । दुबई पठाई ठगी गरेको कसूरमा पौडेललाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उक्त सजाय भएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनले सिंगापुरमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाएर उनले पीडितहरूसँग चार लाख ५० हजार लिएर दुबई पठाई ठगी गरेको आरोप थियो । ब्युरोका अनुसार पौडेललाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!