८५४ म्यानपावर मध्ये ८१२ को मात्रै कारोबार खुला (सूची सहित)

Posted on: 02 Mar, 2021

फागुन १८, काठमाडौँ । पछिल्लो समय रोजगारीको खोजीमा विदेश जाने नेपाली श्रमिकहरुको संख्या बढ्दो छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन सर्वसाधारणको पहुँचमा आएसंगै कामको लागि विदेशिने श्रमिकहरुको संख्या बढेको हो ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किएकाहरु पनि विदेशिन थालेका छन् भने स्वदेशमा रोजगारी गुमाएकाहरु पनि रोजगारीको खोजीमा विदेशिने क्रम बढेको छ । बैदेशिक रोजगार विभागका अनुसार पछिल्लो माघ महिनामा सबैभन्दा बढी श्रमिकरोजगारीका लागि विदेशिएका छन् ।

उक्त महिना मात्रै पुरुष र महिला गरी १७ हजार ८ सय ८७ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएको बैदेशिक रोजगार विभागको तथ्यांक छ । यसरी रोजगारीको लागि विदेशी जाँदा श्रमिकहरु स्वदेशमै ठगिने गरेका छन् ।

बैदेशिक रोजगार विभागले पछिल्लो समय बजार अनुगमन बढाएसंगै श्रमिकहरुबाट म्यानपावर कम्पनीले अबैध अशुली गर्ने गरेको समेत पाइएको छ । हाल सरकारले एजेन्ट व्यवस्था खारेज गरेको छ । कानुन अनुसार कुनै पनि एजेन्टले श्रमिकलाई विदेश पठाई दिन्छु भन्दै रकम असुल्न पाउंदैन ।

बैदेशिक रोजगार विभागबाट संचालन अनुमति लिएका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये ८ सय १२ वटा म्यानपावर कम्पनीहरुको कारोबार खुला गरिएको छ । 

हाल संचालनमा रहेका इजाजत प्राप्त म्यानपावर कम्पनीमध्ये कारोबार खुला गरिएका कम्पनीहरु हेर्न यँहा क्लिक गर्नुहोस  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!