टर्कीको एक कम्पनीले नेपाली श्रमिक ठगेपछि बुझेर मात्र विदेश जान विभागको अनुरोध

Posted on: 07 Mar, 2021

फागुन २३, काठमाडौँ । टर्कीको एक रोजगारदाता कम्पनीले नेपाली श्रमिकलाई ठगी गरेको पाइएको छ । इलट टुरिजम इन्भेस्टमेन्ट आइएन्टी (ELIT TOURISM INVESTMENT INC)कम्पनीले कामदारको रुपमा लैजाने भन्दै श्रमिकलाई ठगी गरेको हो ।

नेपाली कामदारहरुलाई ठगी गर्ने तथा टर्की पुगेपछि समेत सो कम्पनीले काम तथा सेवा सुविधा समेत नदिई कामदारहरुलाई अप्ठ्यारोमा पारेको भन्ने उजुरी आएकोले राम्रोसँग बुझेर मात्र काम गर्न जान बैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

विभागले शुक्रबार एक सूचना जारी गर्दै रोजगारीको लागि विदेश जाने श्रमिकलाई ठगीबाट बच्न सचेत गराएको हो । इलट टुरिजम इन्भेस्टमेन्ट आइएन्टी (ELIT TOURISM INVESTMENT INC)कम्पनीमा जान चाहने तथा जान लागेका श्रमिकलाई चनाखो भई कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र जान विभागले भनेको छ  ।

रोजगारीको लागि जुनसुकै देश जाँदा आवश्यक वैधानिक प्रक्रिया पुरा गरेर मात्र जान बैदेशिक रोजगार विभागले आग्रह गरेको छ । यसरी सम्भाव्य ठगी हुनबाट बच्नु समेत विभागले अनुरोध गरेको छ ।

notice.jpg

यस बिषयमा तपाइको प्रतिक्रिया...!