कतार सरकारले जारी गरेका कोरोना बिरुद्धका मापदण्ड पालना गर्न दूतावासको अनुरोध

Posted on: 10 Mar, 2021

फागुन २६, काठमाडौँ । कतार स्थित नेपाली दूतावासले कोरोनाभाइरसको महामारी कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । कतार सरकारले गत ३ फेब्रुवरी २०२१ देखि कतारमा बस्ने सबैले पालना गर्नु पर्ने सतर्कता र सुरक्षाका मापदण्डहरु जारी गरेको हो । 

सरकारले जारी गरेका उक्त मापदण्डहरुलाई पालना गर्न दूतावासले अनुरोध गरेको छ । घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनै पर्ने,घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको EHTERAZ application हुनै पर्ने, घर भित्र वा बन्द स्थानमा ५ जना र खुल्ला स्थानमा १५ जना भन्दा बढी भेला हुन नपाईने,कतारभित्र रहेका सबै सार्वजनिक पार्क, Public Beaches, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरुमा कुनै पनि प्रकारका सामाजिक जमघट १५ जना भन्दा बढी भेला हुन नपाईने,सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाईने जस्ता मापदण्डहरु पालना गर्न दूतावासले भनेको छ ।

यस्तै भोलि शिवरात्रीको अवसरमा दूतावास बन्द समेत रहने भएको छ । बुधबार सूचना जारी गर्दै कतार स्थित नेपाली दूतावासले शुक्रबार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म राहदानी वितरण गरिने कार्यक्रम समेत जानकारी गराएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!